सेयर बजारमा पहिरो, नेप्से १५ अंकले घट्यो

सेयर बजारमा पहिरो, नेप्से १५ अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साताको अन्तिम कारोबारको दिन शेयर बजार नेप्से परिसुचक ओरालो लागेको छ । आज नेप्से परिसूचक १५.११ अंकले ओरालो लागेर ३०७९.८३ विन्दुमा कायम भएको छ ।

आज कुल २ सय १७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रूपैयाँ बराबरमा कारोबार भएको छ ।

आज होटल तथा पर्यटन र विकास बैंक समूह मात्रै उकालो लागेका छन् । होटल तथा पर्यटन समूह ४५ अंकले बढेको छ भने विकास बैंक समूह ५३ अंकले उकालो लागेको छ । आज बैंकिङ १०, ब्यापार ४, जलविद्युत २८, फाइनान्स ५३, निर्जीवन बीमा ६९, उत्पादन ५३, अन्य १२, माइक्रोफाइनान्स ४ र जीवन बीमा समूह ८६ अंकले ओरालो लागेका छन् ।