उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमा तोडफोड र आगजनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा उपचाररत एक गर्भवती महिलाको मृत्यु भएपछि आफन्त तथा अन्य व्यक्तिहरूले अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेका छन्।

बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोल निवासी २१ वर्षीया सिमा रामदेवीको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा तोडफोड तथा आगजनी भएको हो ।

नौ महिनाकी गर्भवती सिमा विगत तीन दिनदेखि बिरामी भई नगर अस्पताल बरहथवामा उपचाररत थिइन्। उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण बिरामी अचानक बेहोस भएको भन्दै उनका आफन्तले इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।

प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा अस्पतालमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

अस्पतालको इमर्जेन्सी कक्षमा पेट्रोल छर्केर आगजनी तथा तोडफोड गरेको आरोपमा अस्पतालमै करारमा कार्यरत बरहथवा–५ निवासी ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महरा फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य जारी रहेको छ।

अस्पतालमा तोडफोड तथा आगजनीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

–सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा उपचाररत एक गर्भवती महिलाको मृत्यु भएपछि आफन्त तथा अन्य व्यक्तिहरूले अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेका छन्।
बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोल निवासी २१ वर्षीया सिमा रामदेवीको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा तोडफोड तथा आगजनी भएको हो ।
नौ महिनाकी गर्भवती सिमा विगत तीन दिनदेखि बिरामी भई नगर अस्पताल बरहथवामा उपचाररत थिइन्। उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण बिरामी अचानक बेहोस भएको भन्दै उनका आफन्तले इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।
प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा अस्पतालमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।