तीन जना सचिवको सरुवाः अर्थमा मरासिनी, ढुंगाना र अर्याललाई प्रधानमन्त्री कार्यालय तानियो

तीन जना सचिवको सरुवाः अर्थमा मरासिनी, ढुंगाना र अर्याललाई प्रधानमन्त्री कार्यालय तानियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — सरकारले अर्थसचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिएको छ । महालेखा नियन्त्रक कार्यालयमा रहेका मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिइएको हो ।

विगत २५ वर्षदेखि अर्थमन्त्रालय अन्तर्गतका कार्यालयमा काम गर्दै आएका मरासिनीले अर्थ मन्त्रालयको बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाकोसमेत नेतृत्व गरिसकेका छन् ।

सरकार परिवर्तनसँगै अर्थ सचिवको दौडमा प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ड अर्याल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र मरासिनी थिए ।

अर्थसचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । साथै स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयमा तानिएको छ । सरकारले राजस्व सचिवमा भने कुनै निर्णय गरेको छैन । राजस्व सचिव रामशरण पुडासैनीले साउन २१ गते उमेरहदका कारण अवकाश पाउँदैछन् ।