काठमाण्डु – हप्ताको पहिलो दिन आईतबार आज शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । नेप्से आज एक दशमलव २५ अङ्कले बढेर तीन हजार ८१ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।
आज व्यापार समूहको शेयर साढे ७० अङ्कले, विकास बैंकको १९ अङ्कले, जलविद्युतको ८० अङ्कले, उत्पादनको ३५, माइक्रोफाइनान्सको ६५ र लगानी समूहको शेयर झन्डै दुई अङ्कले बढेको छ । आज जलविद्युत् समूहका सबैजसो कम्पनीमा हरियाली देखिएको छ ।
बैंक, होटल, फाइनान्स, बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर भने घटेको छ । आज दुई सय २६ कम्पनीका तीन करोड ३ लाख कित्ता शेयर १२ अर्ब १० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनीको ३६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज ९ कम्पनीको मुल्य उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रो, युनिभर्सल पावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त वित्तिय संस्था रहेका छन् ।
यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, ङादी ग्रुप पावर कम्पनी, सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।




प्रतिक्रिया