सुनको मूल्य घट्यो, तोलाको कति?

सुनको मूल्य घट्यो, तोलाको कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली बजारमा सोमवार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन मूल्य प्रतितोला १०० ले ओरालो लागेर ९२ हजार ३०० मा कारोबार भइरहेको छ ।

आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजार ४०० मा कारोबार भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० मा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य स्थिर रहेको छ । आइतवार प्रतितोला १ हजार २८५ मा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।