एमालेले गठन गर्‍यो ९ वटा विभाग,स्कुल विभाग प्रमुखमा ओली

एमालेले गठन गर्‍यो ९ वटा विभाग,स्कुल विभाग प्रमुखमा ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले ९ वटा विभाग गठन गरेकाे छ । सोमबार ललितपुरस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटीको बैठकले विभिन्न नेताहरूको नेतृत्वमा ९ वटा विभाग गठन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यस्तै विष्णु पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग बनाइएको छ । संसदीय विभागको प्रमुख सुवासचन्द्र नेम्वाङलाई दिइएको छ भने संसदीय विभागमा १४ जना सदस्य चयन गरिएको जनाइएको छ।

विष्णु प्रसाद रिमालको नेतृत्वमा २ सदस्यीय आर्थिक विभाग, प्रदीप ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय प्रचार विभाग, भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय पर्यटन प्रवद्र्धन विभाग, पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी स्कुल विभाग, राजन भट्टराईको नेतृत्वमा १४ सदस्यीय विदेश विभाग, अग्नि खरेलको नेतृत्वमा ६ सदस्यीय निर्वाचन विभाग र  देवेन्द्र दाहालकाे नेतृत्वमा १४ सदस्यीय स्थानीय तह विभाग बनाइएको छ ।