सर्वोत्तम सिमेन्टको आईपिओ विवादमा अर्थसचिवको चासो, फायल मगाए

सर्वोत्तम सिमेन्टको आईपिओ विवादमा अर्थसचिवको चासो, फायल मगाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थसचिव मधु मरासिनीले सर्वोत्तम सिमेन्टको आइपिओ खरिदसम्बन्धी फायल मगाएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै सचिव मरासिनीले विवादमा तानिएको सर्वोत्तमको साधारण शेयर खरिदसम्बन्धी फायल मगाएका हुन् ।

उनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिईओ चन्द्रसिंह साउदबाट सर्वोत्तमसँग जोडिएका सबै फायल मगाएका छन् । यसअघि अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्सतेका सिईओ साउनदलाई स्पष्टिकरण सोधेको थियो ।

मन्त्रालयले अध्यक्ष ढुंगानालाई निष्कासन हुन लागेको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर आचारसंहिता र कानून विपरीत हात पारेको विषयमा स्पष्टिकरण सोधेको थियाे ।

साथै नेपाल धितोपत्र बोर्डमा क्रियाशील कर्मचारी युनियनले अध्यक्ष ढुङ्गानालाई कारवाही गर्न माग गरेको छ । बोर्ड नेपालको पुँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायका रुपमा रहेको,सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था भएको उल्लेख गर्दै युनियनले गलत काम गर्नेलाई कारवाही गरी संस्थाको गरिमा जोगाउन माग गरेको हो ।

बोर्डका अध्यक्ष ढुङ्गानाले छोरी रेविका ढुङ्गानाको नाममा निटक भविष्यमा नै साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीको १० हजार कित्ता शेयर खरीद गरेको पाइएको छ । यस्तै, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले समेत श्रीमतीको नाममा शेयर खरीद गरेको पाइएको छ । अर्थले बोर्ड र स्टक दुवैलाई स्पष्टिकरण सोधेको छ ।