भेरोसेलको दोस्रो डोज साउन २२ गतेबाट

भेरोसेलको दोस्रो डोज साउन २२ गतेबाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले साउन २२ गतेदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिने भएको छ । खोपको पहिलोमात्रा लगाएर २१ दिन पुरा भएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिन लागिएको स्वाथ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

गत असार २९ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले पर्सिदेखि दोस्रो डोज पाउने विभागले जनाएको छ ।

पहिलो डोज लगाएका ५५ वर्षदेखि माथिका नागरिकलाई २१ दिनपछि दोस्रो डोज दिन लागिएको हो । यस्तै, अहिलेसम्म खोप नलगाएका व्यक्तिले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेभसाइट ww.vaccine.mohp.gov.np मा अनिवार्य नाम दर्ता गर्न पनि विभागले भनेको छ ।