नेप्से आज १२ दशमलव शून्य पाँच अङ्कले बढ्यो, जलविद्युतमा झुम्मिए लगानीकर्ता

नेप्से आज १२ दशमलव शून्य पाँच अङ्कले बढ्यो, जलविद्युतमा झुम्मिए लगानीकर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेयर बजार परिसूचक नेप्से आज १२ दशमलव शून्य पाँच अङ्कले बढेर तीन हजार एक सय २३ दशमलव १५ विन्दुमा पुगेको छ । जलविद्युत् समूहको शेयर आज पनि उत्साहजनक रूपमा बढेको छ ।

आज जलविद्युत् समूहको शेयर एक सय ९४ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर ६५ अङ्कले, उत्पादनको २५, फाइनान्स समूहको ४४ र बैंकिङ समूहको साढे चार अङ्कले बढेको छ ।

आज माइक्रोफाइनान्स समुहको शेयर एक सय २५ र निर्जीवन बीमा समूहको शेयर ३ अङ्कले घटेको छ । यस्तै होटलको आठ र जीवन बीमा समूहको शेयर तीन अङ्कले घटेको छ । आज दुई सय २५ कम्पनीका दुई करोड ८ लाख १३ हजार कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएका छन् ।

अपी पावरको झन्डै ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । अपि पावर कम्पनी, खानीखोला जलविद्युत, दिव्येश्वरी हाइड्रोपावर, कालिका पावर, माथिल्लो तामाकोशी सहितका कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ आउने चर्चा सुरु भएपछि जलविद्युत्क्षेत्रमा त्यसको असर देखिन थालेको हो । लामो समयदेखि कम शेयरमूल्य रहँदै आएको जलविद्युत्क्षेत्रमा केही दिनयता लगानीकर्ताको आकर्षण बढ्न थालेको छ ।