काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।
शुक्रबार बसेको आफू पक्षको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ओलीले जति नै गाली गरेर पनि एकताको पक्षमा रहेको बताएका छन् । त्यस्तै उनले आलोचना गर्दा संयमित हुन पनि आग्रह गरेका छन् ।
‘आलोचना गर्दा जिम्मेवार र संयमित भएर गर्नपर्यो । केपी ओलीले मलाई जति नै गाली गरे पनि म एकताको पक्षमा छु । केपी ओलीले एकताका नाममा हामीलाई अल्मल्याउन खोजेको त होइन भन्ने आंशका व्यक्त भएका छन्,’ नेता नेपालले भने ।




प्रतिक्रिया