काठमाण्डु- राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुला घटनामा सरकारले एक शब्द बोल्न नसकेको बताइन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताएकी हुन् । उनले भनीन् , ‘ तुइन काटेर यौटा युवालाई मारिँदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ? ’
उनले वीपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै संवाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु वीपीकै अपमान भएको आरोप लगाइन् ।
उनले अगाडी भनीन्, ‘यही हो वीपीका अनुयायीहरूको चरित्र ? यो वीपी कोइरालाको अपमान हो । वीपीले बनाएको पार्टीको अपमान हो । देश, मानवीय, नागरिकको विषयलाई साराले तुइन काटेको भनेर भन्दा रिपोर्ट पर्खने कुरा हुन्छ ?’




प्रतिक्रिया