काठमाण्डु- पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिएको बताएका छन् । स्वास्थ्य मन्त्रालयले यही साउन ३१ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई सिफारिश गरेको छ ।
यसै सन्दर्भमा पूर्वस्वास्थ्यमन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा परीक्षा स्थगितमात्र नभइ विकल्पसहित निर्णय गर्न सुझाव दिएको सामाजिक सञ्जाल ट्वीटमार्फत जानकारी दिएका छन् ।
उनले शनिवार ट्वीटमा लेखेका छन्, ‘स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिशका सन्दर्भमा स्थगित मात्र होइन विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौं । प्रमज्युले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने विश्वास दिलाउनु भएको छ ।’
हिजो @PM_nepal_ संगको भेटमा अन्य कुरासँगै @mohpnep ले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन बिद्यार्थीलाई अलमलमा नपार्नेगरी विकल्प सहित निर्णय गर्न आग्रह गरेका छौं।प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्ने विश्वास दिलाउनु भएको छ।
— Gagan Thapa (@thapagk) August 7, 2021




प्रतिक्रिया