काठमाण्डु – मुस्ताङमा नेपाली सेनाको ‘हाई अल्टिच्युड एण्ड माउन्टेन वार फेयर’ तालिम सुरु भएको छ।
आइतबारदेखि नेपाली सेनालगायत विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट‚ आइस क्राफ्टसम्बन्धी ज्ञान दिलाउने उद्देश्यले जोमसोममा तैनाथ नेपाली सेनाको उच्च शिखर शिक्षालयमा तालिम सुरु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
शिक्षालयका शिक्षाधिकृत महासेनानी सुरेश हमालले तालिमको शुभारम्म गरेका थिए। तालिम असोज १ गतेसम्म सञ्चालन हुनेछ ।
उक्त तालिममा नेपाली सेनाका शिक्षार्थी अधिकृत १६ जना र अन्यदर्जा ६५ जना गरि जम्मा ८१ जना सहभागी भएका छन् ।त्यस्तै विदेशी शिक्षार्थीतर्फ अमेरिका,बंगलादेश, पाकिस्तान तथा दक्षिण कोरियाबाटअधिकृत तथा अन्यदर्जा शिक्षार्थी गरी जम्मा ५ जना सहभागी भएका छन् ।




प्रतिक्रिया