देउवालाई ओलीले सोधेः प्रधानमन्त्रीज्यू ! एमसीसी पास गर्ने कि नगर्ने ?

देउवालाई ओलीले सोधेः प्रधानमन्त्रीज्यू ! एमसीसी पास गर्ने कि नगर्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद चलिरहेका बेला संसद छलेर न्युनतम साझा कार्यक्रम ल्याएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले संसदलाई छलेर ल्याएको कार्यक्रमले मान्यता पाउँछ/पाउँदैन भन्दै प्रश्न गरेका छन् । यस्तै उनले साझा न्यूनतम् कार्यक्रममा एमसिसि किन नराखेको भन्दैं प्रश्न गरेका छन् ।

‘एमसीसी बिर्सनु भयो कि क्या हो ? मैले देखिनँ कतै । नेपाली जनताले जान्न चाहेको छ, सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी ?’ उनले भने, ‘तपाई त एकदम मजबुत प्रधानमन्त्री हुनुहुन्छ। तपाईको साथमा १ सय ६५ जना छन् । अरू कसैको साथ चाहिन्न । त्यो जत्थाले के भन्छ । एमसीसी पास गर्ने कि नगर्ने ?’