अर्थमन्त्रीद्वारा श्वेतपत्र जारी, सरकारी कोषमा एक खर्ब ४३ अर्ब घाटा

अर्थमन्त्रीद्वारा श्वेतपत्र जारी, सरकारी कोषमा एक खर्ब ४३ अर्ब घाटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गरेका छन् । मंगलबार प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले सरकारी कोषमा एक खर्ब ४३ अर्ब घाटा रहेको बताएका छन् ।

उनले आर्थिक वर्ष २०७७/७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको बताएका हुन् ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७६/७७ भन्दा अगाडि औषत ७ प्रतिशतले हासिल गर्दै आएको आर्थिक वृद्धि कोरोना जोखिमले हासिल गर्न नसकेको बताए ।

उनले सरकारले गत आर्थिक वर्ष ८.५ प्रतिशत ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको भएपनि २.१ प्रतिशतले ऋणात्मक रहेको बताए ।