टिभिएस ड्युराम्याक्स अब नेपालमा

टिभिएस ड्युराम्याक्स अब नेपालमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपालका लागि टिभिएस थ्री ह्विलरसको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टिभिएस ड्युराम्याक्स प्लसको उद्घाटन गरेको छ ।

मंगलबार एभरेस्ट होटलमा जगदम्बा मोटर्स प्रालिले थ्री ह्विलरस् इन्डस्ट्री मै पहिलो पटक सबै भन्दा दमदार पावर रहेको टिभिएस ड्युराम्याक्स प्लसकाे आफ्नो डीलर पार्टनरहरुमाझ एनयूएल डिलर उद्घाटन गरेको हो ।

सार्वजनिक सवारी साधनको रुपमा संचालन गर्न योग्य यो थ्री ह्विलरस् सवारी साधन नेपालको लागि अत्यन्त उपयुक्त रहेको छ । टिभिएस ड्युराम्याक्स प्लस थ्री ह्विलरसको इन्जिन ४ स्ट्रोक र लिक्वीड कूल्ड प्रविधिको छ । सर्वाधिक शक्तिशाली २२५ सिसिको इन्जिन जडित यो थ्री ह्विलरस् इलेक्ट्रिक तथा हातको मद्दत दुवै प्रकारले स्टार्ट गर्न सकिन्छ ।

४७५० आरपिएममा७.५ किवाको अत्याधिक शक्ति प्रदान गर्ने र २२७५ आरपिएममा १८ एनएमको सबैभन्दा धेरै टर्क दिने क्षमता भएको हुँदा चलाउनलाई सजिलो हुनाको साथै सवार यात्रुहरुले समेत आरामदायक अनुभव गर्न सकिन्छ ।

टिभिएस ड्युराम्याक्समा नौ ओटा प्लस फिचर्स रहेकाले ग्राहकको नं १ रोजाइमा पर्ने कम्पनीले जनाएको छ । आगामी वर्ष २०२१–२०२२ सालमा नेपालको मार्केट शेयरको उच्च हिस्सा यसले ओगट्ने कम्पनीको दाबि छ।

टिभिएस ड्युराम्याक्स प्लस थ्री ह्विलरसकोे प्रतिलिटर ३०+२ किमि माइलेज प्रदान गर्ने कम्पनिको दावी छ । स्वदेशमै जीवनयापन गर्न चाहने नेपालीहरुले गर्ने परिश्रमको प्रतिफल अधिक मिलोस् भन्ने लक्ष्यका साथ हामीले यो सबै भन्दा पावरफूल २२५ सिसिको टिभिएस ड्युराम्याक्स प्लस थ्री ह्विलरस् नेपालमा उपलब्ध गराएकाे छ ।

प्रविधि, सुरक्षा, लागत तथा मर्मत सम्भार हर दृष्टिबाट अत्यन्त अनुकूल यो सवारी साधनका धनीहरुले आफ्नो लगानीको उचित फाइदा पाउनु हुनेमा हामीविश्वस्त छौं ।”जगदम्बा मोटर्स प्रालिका डाइरेक्टर दीपक कुमार अग्रवालले भने, ।

विक्री पश्चात नेपालमै सम्पूर्ण पार्ट पूर्जाहरु पाइने यो टिभिएस ड्युराम्याक्स थ्री ह्विलरसको हालको बजार मुल्य ५८९९०० कायम गरिएको छ । साथै नेपालका सम्पूर्ण डिलरहरु मार्फत बुकिङ्ग खुला गरिएको छ ।