राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय सभाको बैठक बुधवार बस्दै छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले विभिन्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जनाएका छन् । प्रधानमन्त्री देउवाले “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै प्रधानमन्त्री देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “रेल्वे विधेयक, २०७६ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै “रेल्वे विधेयक, २०७८ लाई पारित गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ माथि छलफल गरियोस्” र “प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७८ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।