लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्धको रिटको सुनुवाई न्यायाधीश भट्टराईको इजलासमा

लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्धको रिटको सुनुवाई न्यायाधीश भट्टराईको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशको विशेष अधिवेशन राेक्न माग गर्दै दर्ता भएको रिटको सुनुवाई न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै नेकपा एमालेका सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न आजका लागि विशेष अधिवेशन बोलाइएपछि त्यसलाई रोक्न माग गर्दै एमाले सांसद लीला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनले मुख्यमन्त्री पोखरेलविरुद्ध अहिले नै अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने भन्दै अधिवेशन रोक्न माग गरेका छन् ।

उनले संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबोलाई र विशेष अधिवेशनका सम्बन्धमा दलहरूसँग परामर्श नै नगरी अघि बढ्ने प्रयत्न गरिएकोमा आफूहरूको आपत्ति रहेको बताए ।

विपक्षी गठबन्धनका बहुमत सांसदहरुले नयाँ सरकार गठन गर्न माग गर्दै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सोही विषयमा छलफल गर्न लुम्बिनीको प्रदेशसभा बोलाइएको थियो । बुधबार दिउँसो एक बजे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक बस्दछ ।