काठमाण्डु – लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पेश भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न बोलाइएको प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित भएको हो ।
सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री पोखरेललाई जवाफ दिनका लागि बैठक एक घण्टा स्थगित गरिएको जानकारी दिए । मुख्यमन्त्री पोखरेलले आजै राजीनामा दिएका छन् । यद्यपी उनको राजीनामा पत्र प्रदेशसभामा पेश नभएको सभामुख घर्तीले जानकारी दिए ।




प्रतिक्रिया