लुम्बिनीमा बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको आह्वान

लुम्बिनीमा बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन् ।

बुधबार प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि दलहरुलाई बहुमतसहित आउन आह्वान गरेका हुन् । उनले बिहीबार दिउँसो तीन बजेका लागि दलहरुलाई समय दिएका छन् ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति साउन २८ गते बिहीबार अपराह्न ३ः०० बजेभित्र दाबी पेश गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका चिरञ्जीवी पौडेलले जनाएका छन् ।