काठमाण्डु – नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले खोप व्यवस्थापन गर्न सरकारसँग माग गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै डा. संग्रौलाले खोप लगाउन जनता बिहानैदेखि भीडभाडमा उभिनु परिरहेको भन्दै खोपको सहज व्यवस्थापनका लागि सरकारले के गरिरहेको छ ? भन्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रश्न गरेकी छन् ।
उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पालामा करोडौं खोप ल्याइदिएको भनेर संसदमा दाबी गरेको भन्दै खोपको अवस्थाबारे जानकारी गराउन स्वास्थ्य राज्यमन्त्री श्रेष्ठसँग प्रश्न गरेकी छन् ।
सांसद संग्रौलाले देशमा दिनदिनै कोरोना संक्रमण फेरि बढ्न थालेको भन्दै दोस्रो लहरको छाल नसेलाउँदै महामारीको तेस्रो लहरको भय पैदा हुन थालेको बताइन् । उनले अघिल्लो लहरमा जस्तै आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि, जनतालाई अक्सिजन र फेरि पनि बेडको कमी नहोस् भन्नका लागि सरकारका योजनाहरू के के छन् ? अब देशमा महामारीको स्थिति के हुने हो त्यसको विश्लेषण के छ ? भन्दै प्रश्न गरेकी छन् ।




प्रतिक्रिया