काठमाण्डु – पछिल्लो २४ घण्टामा थप ३२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १० हजार ८ सय ६ जनाकाे पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार ३२६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।
यस्तै काेराेना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२१२ पुगेको छ । बिहीबार काेराेना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ ।




प्रतिक्रिया