गुप्तचरमा बढुवाको जाम खुल्यो, ३ एसएसपीको डिआइजीमा बढुवा

गुप्तचरमा बढुवाको जाम खुल्यो, ३ एसएसपीको डिआइजीमा बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय अनुसन्धान विभागका ३ जना सहअनुसन्धान निर्देशक (एसएसपी) को अनुसन्धान निर्देशक (डिआइजी )मा बढुवा भएको छ।

एसएसपी प्रकाशराज पाण्डे, मधु कार्की र सुमन बैद्यलाई डिआइजीमा बढुुवा गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको हो। पाण्डे भारतको राजधानी दिल्लीस्थित नेपाली दुतावास, कार्की तालिम शाखा तथा बैद्य राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत छन्।

योसँगै गुुप्तचरमा लामो समयदेखिको बढुवाको ‘जाम’ खुलेको छ।  सरकारले विभागमा असारभित्रै सबै पदमा बढुवा गर्ने तयारी गरेको हो। हाल विभागमा सह–अनुसन्धान निर्देशकका १० तथा उप अनुसन्धान निर्देशकका १३ पद रिक्त छन्।