राजश्व नतिर्ने केबल र इन्टरनेट प्रदायकको सेवा विस्तारमा रोक

राजश्व नतिर्ने केबल र इन्टरनेट प्रदायकको सेवा विस्तारमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर- नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् पोल प्रयोगवापत राजश्व सङ्कलन गर्न थालेको छ । राजश्व नतिर्ने केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाको सेवा विस्तारमा रोक लगाइएकाले बिहीबार मात्र रू ३२ लाख भन्दाबढी सङ्कलन भएको जनाइएको छ ।

विसं २०७३ मा पोल प्रयोग गरेवापत राजश्व लिने कार्यविधि बनाइए पनि चितवनमा ती सेवा प्रदायक कम्पनीले सेवा विस्तार गर्दा भुक्तानी दिन आनाकानी गर्दै आएका थिए। केन्द्र प्रमुख राजीवकुमार सिंहका अनुसार बिहीबार चित्रवन केबल नेटवर्कबाट रु ३० लाख ५५ हजार ६८ र कनेक्ट नेपाल नेटवर्कबाट रु एक लाख ७७ हजार ९६५ असुल गरिएको छ । सेवा विस्तारमा रोक लगाइएपछि अन्य कम्पनीले पनि तिर्ने सहमति जनाएको उनले बताए ।

ती संस्थाकोे पुरानो सेवा अवरुद्ध नगरिए पनि नयाँ विस्तारमा भने रोक लगाइएको उनले जानकारी दिएका छन् ।