माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गर्न मिल्दैनः डा. देवकोटा

माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गर्न मिल्दैनः डा. देवकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले माधवकुमार नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न नमिल्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत डा. देवकोटाले एमालेले १४ जना सांसदहरुमाथि कारबाही गर्न नमिल्ने बताएका हुन् । साथै उनले कानुनले १४ सांसदलाई कारवाही गर्नै नमिल्ने स्पष्ट व्यवस्था गरिदिएको पनि बताए ।

उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानको धारा ७६(२) अनुसार संसदमा विश्वाश लिने प्रयोजनका लागि संसदीय दल र केन्द्रिय कमिटि कुनैमा पनि छलफल र निर्णय भएको छैन । ( सभामूखलाई लेखेको चिठी र संलग्न कागजात अनुसार ) । दलीय व्यवस्थामा हरेक निर्णयहरु दलमा।पाटीमा हुनुपर्दछ । ( सर्वोच्च अदालतको हालैको फैसला अनुसार ) धारा ७६(५) को व्याख्याका सन्दर्भमा अघिल्लो धारा क्रियाशील भएपछि पछिल्लो धारा निष्क्रीय हुने भनेको छ ।

७६(२) प्रयोजनका लागि सोधिएको स्पस्टीकरणलाई थाती राखी ७६(३) र ७६(५) लाई क्रियाशील गराईएको छ ।  यतिमात्र हैन संसद विघटन गरिएको छ । स्पस्टीकरण सोधिएका साँसदहरुकै हस्ताक्षरका कारण संसद पुर्नस्थापना भएको छ । उहाँहरुकै हस्ताक्षरका कारण सरकारले विश्वाशको मत पाएको छ । यति धेरै घटनाक्रमहरु विकास भईसकेको अवस्थामा अब पछाडि फर्केर धारा ७६(२) मा सहयोग नगरेका आधारमा कारवाही गर भन्न मिल्छ ? सभामूख संसदको सर्वोच्चता जगेर्नाको पहरेदारमात्र हैन ।

आफना साँसदहरुको अभिभावक पनि हुन । तथ्य र प्रमाण बिना प्रतिशोध साँध्नका लागि लेखिएको चिठीका आधारमा सभामूखले साँसदहरुलाई कारवाही गर्न मिल्दैन र पाउनुहुन्न । कारवाही नै गर्ने हो भने पनि यसको विधी होला । समयसिमा होला । चिठी लेख्नेवित्तिकै किन कारवाही गरिनस। सूचना टाँसिनस भनेर सभामूखमाथि हुलहुज्जत गर्न मिल्छ  ?’