काठमाण्डु – महालेखा परिक्षक कार्यालयले ५८ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखाले वार्षिक प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको थियो ।
सो प्रतिवेदनअनुसार मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले २० करोड रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ ।परामर्शदाताको नाममा २० करोड ८३ लाख रुपैयाँ खर्च अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘वित्तीय एजेन्टको रुपमा परामर्शदाता नियुक्त गरी एक परामर्श दातासंग अमेरिकी डलर ५.०५ मिलियन भुक्तानी गर्नेगरी सम्झौता गरेको । तर, हालसम्म अमेरिकी डलर १.८३ मिलियन अर्थात २० करोड ८३ लाख खर्च गरेको औचित्यपूर्ण देखिएन ।’




प्रतिक्रिया