नेपाल नेतृत्वको नयाँ पार्टीलाई साथ दिँदा गृहजिल्लामा कमजोर बन्दै खनाल

नेपाल नेतृत्वको नयाँ पार्टीलाई साथ दिँदा गृहजिल्लामा कमजोर बन्दै खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टीलाई साथ दिएका पूर्व प्रधानमन्त्री झलनाथ खनाल गृहजिल्लामा थप कमजोर भएका छन् । नेता खनालको सचिवालयले शुक्रवार उनी  नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा रहेको सार्वजनिक गरेको थियो । नेता खनालका समर्थकहरुले भने त्यसको चर्को आलोचना गरिरहेका छन् ।

नेता खनालले माधव नेपाल नेतृत्वको नयाँ पार्टीप्रति केही पनि प्रतिक्रिया दिएका थिएनन् । यसैबीच एमाले संस्थापनले नयाँ पार्टीमा खनालको संलग्नता नरहेको दावी गर्दै आएको थियो । यता खनालको सचिवालयले नयाँ पार्टीलाई उनको साथ र समर्थन रहेको स्पष्ट पारेको हो । उनी माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा संलग्न रहको सार्वजनिक भएसंगै नेता खनालका समर्थकहरुले त्यसको चर्को आलोचना गरेका हुन् ।

उनले तत्कालीन नेकपाको विवादका बेला गृहजिल्लामा आफ्ना समर्थक गुमाएका थिए । पार्टी विभाजनपछि खनालले आफ्नो पक्षमा रहेका कार्यकर्ताको साथसमेत गुमाएका हुन् । साथै नेकपा विवादकै क्रममा खनाल समुहका धेरैले कित्ता परिवर्तन गरेका थिए । हाल उनी दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत छन् । नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा झलनाथ खनालको नाम वरिष्ठ नेतामा रहेको छ ।