प्रधानमन्त्री देउवा र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा र राजदूत पोलिटबीच भएको भेटवार्तामा जलवायु परिवर्तनविरुद्धको योजना, कोभिड–१९ महामारी नियन्त्रण र द्धिपक्षीय सहायताबारे छलफल भएको बेलायती राजदूतावासले जनाएको छ ।

विश्व जलवायु सम्मेलन (कोप २६) सुरु हुन दश साताभन्दा कम समय बाँकी छ । नोभेम्बर १ देखि १२ सम्म कोप–२६ बेलायतको ग्लास्गोमा आयोजना हुँदैछ ।