माधव नेपाललाई धोका दिएको छैन, म मुख्यमन्त्री हुनुमा दुवै नेताको साथ छ : अष्टलक्ष्मी शाक्य

माधव नेपाललाई धोका दिएको छैन, म मुख्यमन्त्री हुनुमा दुवै नेताको साथ छ : अष्टलक्ष्मी शाक्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफु पार्टी अध्यक्ष केपी ओली र नेता माधव नेपाल दुबै जनाको सहयोगमा मुख्यमन्त्री बनेको बताएकी छन् । शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाक्यले बाहिर समाचार आएजस्तो आफुले माधव नेपाललाई धोका नदिएको प्रष्ट पारिन् ।

‘लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर जाने भनेर भन्नुभयो, यो गलत कुरा हो । मैले माधव नेपाललाई धोका दिएको छैन । म मुख्यमन्त्री हुुनुमा दुवै नेताहरुको साथ र सहमति छ । गलत सन्देश दिने काम नगरिदिनुहोस्,’ उनले भनिन् ।

एनले आफु पार्टी एकताको पक्षमा रहेको भन्दै अध्यक्ष ओलीले एमाले कार्यदलले तयार पारेको १० बूँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता गर्नेबित्तिकै एमाले एकजुट भएर अघि बढ्ने विश्वास व्यक्त गरिन् ।