अफगानिस्तानबाट नेपाली स्वदेश फर्कने क्रम जारी, हालसम्म कति फर्किए ?

अफगानिस्तानबाट नेपाली स्वदेश फर्कने क्रम जारी, हालसम्म कति फर्किए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका हालम्म करिब ६०० जना नेपाली स्वदेश फर्किएका छन् । गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणी पोखरेल अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन् । अफगानिस्तानमा विद्रोही समुह तालिबान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित विभिन्न मुलुकका नागरिक स्वदेश फर्किरहेका छन् । भदौ १ गतेदेखि आइतवार सम्म झण्डै ६०० नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएका प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।

अफगानिस्तानबाट काठमाण्डु आएका नेपालीलाई गृहमन्त्रालयसँगको समन्वयमा नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेर कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने व्यवस्था मिलाइएको छ । नेपाली सेनाले सामाखुसी र इचङ्गुनारायणमा होल्डिङ सेन्टर बनाएको छ । हालसम्म नेपाल फर्किएकालाई सामाखुसीको होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ ।  आवश्यक परेमा मात्रै अर्को होल्डिङ सेन्टरमा लगिने नेपाली सेनाले जनाएको छ । सरकारले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै (साउन ३२ गते भएको मन्त्रिपरिषद् बैठकले) नेपालीको सकुुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको थियाे।