काठमाण्डु – वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले नेकपा एमाले विभाजन हुनुमा तटस्थ बसेका नेताहरुको मूख्य भूमिका रहेको बताएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत वरिष्ठ अधिवक्ता डा. संग्रौलाले एकताको नाममा नाटक बन्द गर्न आग्रह गर्दै एमाले विभाजनमा तटस्थ बसेका नेताहरुको मुख्य हालत रहेको बताएका हुन् ।
‘एकताबादी तटस्तबादी ! उहाँहरुले नाटक बन्द गरे हुने । जता मन लाग्छ तेता जानुहोस, नाटक बन्द गर्नुहोस् । युवा नेतृत्व कम्युनिस्ट र कांग्रेस दुवैमा बिकास होस भन्ने चाहेको हो देशले र पार्टीहरु नफुटुन भन्ने पनि चहेका हुन जनताले । एमाले फुट्यो, मानिसहरुले नचांहादै पनि । यो फुट्नुमा अहिले तटस्थबादी हुनेको भुमिका सानो छैन् । स्वयम तपाइँहरुलाई थाहा छ । तर तपाईको सिद्धान्त के हो देखिएन । पदमा बस्ने, भोली पनि माननीय हुने, मन्त्री हुने, मौका परे दन्काउने। सबैलाई थाह छ एकताका नाममा भैरहेको स्थान सुरक्षाको बार्गेनिङ! थोरै, यो जनता र देशका लागि हो,’ उनले भनेका छन् ।
उनले के भनेका छन् ?
एकताबादी तटस्तबादी ! उहाँहरुले नाटक बन्द गरे हुने । जता मन लाग्छ तेता जानुहोस, नाटक बन्द गर्नुहोस । युवा नेतृत्व कम्युनिस्ट र कांग्रेस दुवैमा बिकास होस भन्ने चाहेको हो देशले र पार्टीहरु नफुटुन भन्ने पनि चहेका हुन जनताले । एमाले फुट्यो, मानिसहरुले नचांहादै पनि । यो फुट्नुमा अहिले तटस्थबादीहुनेको भुमिका सानो छैन। स्वयम तपाइँहरुलाई थाहा छ । तर तपाईको सिद्धान्त के हो देखिएन । पदमा बस्ने, भोली पनि माननीय हुने, मन्त्री हुने, मौका परे दन्काउने । सबैलाई थाह छ एकताका नाममा भैरहेको स्थान सुरक्षाको बार्गेनिङ! थोरै, यो जनता र देशका लागि हो !
१. हिजो पार्टी फुटाउन प्रेरित गर्ने, बुढा नेतालाइ हौस्याउने तपाईंहरु होइन? नेपाल–खानालले ठिक गरे गरेनन इतिहासले मुल्यांकन गर्छ। उनीहरुले गलत गरेको लाग्छ भने तपाईहरु चुपचाप एमालेमा बस्नुहोस न । के तपाईंहरुलाइ नेपाल खनालले धम्क्याए ? तेसो हो भने पुलिसमा जाहेरी दिनुहोस ।
२.थाहा छ तंपाइहरुले आफ्नो हैसियत के बनाउनु भयो ? अब एमालेमा जाँदापनी गुट यथावत रहन्छ तपाईंका कारणले । तपाइँहरु अर्काेतिर जानुभयो भने पनि गुट बन्छ । तपाईंहरुको हैसियत त बच्चा जन्मिदा संगै निस्कने सालको जस्तो भयो। कहिले कहिले बच्चा जन्मेपछि यस्ले ननिक्लिए आमा मार्छ। तर निक्लिए पनि यो फ्यांकिन्छ। तपाईंहरु बच्चा होइन साल बन्नु भो।
३. नेपाल–खनालको मुल्यांकन इतिहासले गर्छ। ओलिको मुल्यांकन पनि इतिहासले गर्छ। इतिहास नियन्त्रणमा राख्ने ताकतवर ऐले सम्म देखिएको छैन संसारमा। कम्तीमा राम्रो नराम्रो जे भएपनी उनिहरुमा निर्णय गर्ने आंट त रहेछ। जे गरे गरे। तर बिचारका कुरा होइन रहेछ्नी तपाइँहरुको! एउटा उतर दिनुहोस एमाले ब्रान्ड हो वा बिचार? ब्रान्ड हो भने के को अल्टिमेटम, खुरुक्क नेपाल खनाल छोड्नु होस। तपाइँको बिचार मिल्दैन भने ओलि छोड्नुहोस। देश संकटमा भएकाबेला नागरिकलाई सहयोग गर्नुहोस। तर तेसो होइन तपाईंहरु आफना स्वार्थ सिद्ध गर्न राजनीति झन झन गीजोल्दै हुनुहुन्छ। अब तपाईका हातमा केहि छैन।
यो बिग्रेको राजनीतिलाई बिर्सेर बसेको मलाइ तपाईंका वाइयात राजनितीको बारेमा पत्र पत्रीका सामाजिक संजाल र टिभी हेर्दा दिक्क लाग्यो।अब त सकियो कि भनेको फेरि अल्टिमेटम आएछ।तपाईहरु ठिक अरु गलत छ्न भने बोल्सेभिक बनेर देखाउनु होस न। के प्रष्ट भएको छ भने तपाईंहरु बाहिर देखीएजस्तो ओज भएको भोलि देश चलाउने नेता भएको मानिस होइन।तपाईंहरु बुढाहरुका कांध बसेर गोजीमा लुकेर मन्त्रीहुनेहरु हो। देशको राजनीति अझै नगीजोल्नु होस ।




प्रतिक्रिया