मन्त्रीले यौन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि मिमसराले भनिन् : चरित्रहत्या गरियो

मन्त्रीले यौन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि मिमसराले भनिन् : चरित्रहत्या गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले एक महिलालाई बलात्कार गरेको भिडियो सार्वजनिक भएको छ ।

मन्त्री शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमती मिमसरालाई यौन दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो । भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन् । बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनेपछि पीडित महिलाले ढोका खोल्छिन् । उनी खाटमा बस्ने बित्तिकै मन्त्री शाहीले अंगालोमा बेरेको देखिन्छ ।

पीडित महिलाले भने मन्त्री र आफ्नो नाम जोडेर चरित्र हत्या गर्न खोजेका बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो नाम जोडेर कसैले चरित्र हत्या गर्ने काम गरे आत्महत्या गर्ने सम्मको धम्की दिएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘मलाई जुन विषयमा मन्त्री र मेरो नाम जोडेर बलात्कार गरेको झुट आरोप लगाइएको छ यो सरासरी गलत हो र मेरो ब्यतिगत जीवनमा कसैले चरीत्र हत्या गर्छ भने म उसैको नाम बाट चिठी लेखेर मर्छु र सोही मिडिया जबाफ देहि हुनेछ ।’