सभापति देउवाको विकल्पमा साझा उमेदवार खोज्ने पौडेल पक्षको निर्णय

सभापति देउवाको विकल्पमा साझा उमेदवार खोज्ने पौडेल पक्षको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको विकल्पमा साझा उमेदवार खोज्ने निर्णय गरेको छ ।

सोमबार गौशलास्थित अनुपम फुडल्याण्डमा बसेको पौडेलसहित सभापतिमा आकांक्षी नेताहरुको बैठकले पार्टीको १४ औं महाधिवेसनका लागि देउवाको विकल्पमा साझा उमेदवार खोज्ने निर्णय गरेको हो ।

देउवाले आगामी महाधिवेशनबाट सभापतिमा दोहोरिने रणनीति बनाएपछि वरिष्ठ नेता पौडेलसहितका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । बैठकमा सबैलाई मान्य हुने उमेदवार चयनका लागि छलफललाई निरन्तरता दिने सहमति भएको नेपाल टेड्र यूनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणसिंह बस्नेतले जानकारी दिए ।

छलफलमा सभापतिका आकांक्षीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. शेखर कोइरालालगायत नेता उपस्थित थिए ।

कांग्रेसले आगामी भदौ १८ गते वडा अधिवेशन गर्ने भएको छ । पाँचौं पटक मिति सारेको कांग्रेसले आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाण्डुमा १४ औं महाधिवेशन गर्ने मिति तय गरेको छ ।