माधव नेपालसँग मुख्यमन्त्री मागेको छैन्ः भीम आचार्य

माधव नेपालसँग मुख्यमन्त्री मागेको छैन्ः भीम आचार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सचिव भीम आचार्यले मुख्यमन्त्री माग्दै माधव नेपालसँग नगएको स्पष्टिकरण दिएका छन् । केही सञ्चारमाध्यमहरुमा नेता आचार्यले माधव नेपालसँग प्रदेश नम्बर १ मा नयाँ सरकार गठन र आफूलाई मुख्यमन्त्री बनाइदिन आग्रह गरेको समाचार प्रकाशित भएका थिए ।

सोमबार सामाजिक सञ्जालमार्फत खण्डन गर्दै नेता आचार्यले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै सरकार निर्माण मुख्यमन्त्रीलगायतका विषयमा कसैसँग कुराकानी नभएको बताएका छन् ।

‘पार्टी एकताको क्रममा विभिन्न नेताहरुसँग भेटवार्ता निरन्तर जारी रहेको सर्वविदितै छ । त्यस्ता कुनै भेटको क्रममा कोहि नेतासँग कुनै सरकार निर्माण र मुख्यमन्त्री सम्बन्धि विषयमा कुराकानी नभएको जानकारी गराउँदछु । साथै यस सम्बन्धमा गरिएका अनर्गल प्रचारका पछि कसैलाई पनि नलाग्न आग्रह गर्दछु,’ नेता आचार्यले भनेका छन् ।