काठमाण्डु- लुम्बिनी प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सदनसमक्ष विश्वासको मत दिन माग गरेका छन् । नेकपा एमालेको अवरोधका बिच संचालन भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत मागेका हुन् ।
विश्वासको मत माग्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले आफ्नो मूल्य र मान्यता अनुसार काम गर्ने बताएका छन् । लुम्बिनी सभामा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसद छन् । एमाले ३८ जना छन् । सूर्य चुनाव चिन्हबाट चुनाव जितेका अजय शाहीलाई भने प्रदेशसभाले स्वतन्त्र सांसद दावी गरेको छ ।




प्रतिक्रिया