काठमाण्डु- लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत लिँदा केसीका पक्षमा ४२ सांसदले मत दिए । सभामुखसहित ४३ जना उपस्थित बैठकमा १ जना तटस्थ रहे ।
नेकपा एमालेको अवरोधका बिच संचालन भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत मागेका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८० सदस्य कायम छन् । विश्वासका मतका लागि ४१ मत आवश्यक रहेको थियो । मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का १८, जनता समाजवादी पार्टी (जसपा) का ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिन्हबाट निर्वाचित एक स्वतन्त्र समूहका १ सांसदले मत दिएका हुन् ।




प्रतिक्रिया