कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन देउवा र पौडल छलफलमा

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन देउवा र पौडल छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल छलफलमा जुटेका छन् । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन नेतृत्वलाई निकै हम्मे परिरहेका बेला दुई शीर्ष नेताबीच छलफल सुरु भएको हो ।

नेतृत्वले महाधिवेशनको संघारमा सदस्यता विवाद नै टुंगो लगाउन नसेकेपछि पार्टी कार्यालयमा दिनहुँ धर्ना र विरोध प्रदर्शन भइरहेको छ भने यसलाई छिटो टुङ्ग्याउनु पर्ने भन्दै नेताहरूले नै नेतृत्वलाई दबाब दिइरहेका छन् ।

पार्टी सभापति देउवाको निजी निवासमा भइरहेको छलफलमा विवाद अन्त्य गर्दै सहमतिमा अघि बढ्ने तयारी गरिएको छ ।नेताद्वयबीच छलफल सकिएलगत्तै क्रियाशिल सदस्यता विवाद सम्बन्धी उच्चस्तरीय छानविन समितिको प्रतिवेदनलाई टुङ्ग्याउने तयारी छ ।

हाल क्रियाशील सदस्यताका विषयमा बारा र सप्तरीमा जिल्लाभर विवाद छ । यस्तै धनुषा–४ सर्लाही–२, रसुवा र सिन्धुपाल्चोकका केही स्थानका सदस्यताका विषयमा पनि विवाद कायम छ । यी सबै नयाँ सदस्यतामा देखिएका विवाद हुन् ।