१० बुँदेको औचित्य छैन, बालकोट यात्रा अवसरवादको नौलो रुप : नेता पराजुली

१० बुँदेको औचित्य छैन, बालकोट यात्रा अवसरवादको नौलो रुप : नेता पराजुली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले एकताका लागि भनिएको १० बुँदे सहमतिको औचित्य नभएको बताएको छ ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले मंगलबार सामाजिक सञ्जालमार्फत एकताका नाममा भनिएको दश बुँदेको कुनै औचित्य नभएको र त्यस जगमा एकता सम्भावना नरहेको बताएका हुन् । उनले एकताको नाममा अवसरवाद देखा परेको र त्यसले झनै धेरै समस्या झन् निम्त्याएको बताएका छन् ।

‘हाम्रो लडाइँ पदिय व्यवस्थापन थियो कि हामीले भनेको प्रतिगामीलाई परास्त गर्नु थियो यसको पुष्टि हुनु पर्दैन ?,’ उनले एकताको नाममा अगुवाइ गरिरहेकाहरुलाई प्रश्न गर्दै भनेका छन्, ‘के सर्वोच्चको फैसला वेठिक थियो भन्ने आँट साहस छ अहिलेको एकता राप जपिरहनेहरुलाई ? के संसद पटक पटक विघटन ठिक हो भन्ने आट छ एकताका नाममा अगुवाई गर्नेलाई यस्को उत्तर दिनु पर्दैन ?’

ईतिहास साँची रहेको भन्दै उनले कुनै दिन यसको गतिलो जवाफ आम जनताले दिने बताएका छन् । माधव नेपालको साथ छाडेकाहरुप्रति असन्तुष्टि जनाउँदै उनले एकताको नाममा नयाँ अवसरवादको नौलो रुप मात्र बालकोट यात्रा रहेको बताएका छन् ।