कंचनपुर– कंचनपुरको बेल्डाडीमा नेकपा एमाले र माओवादी केन्द्रका अधिकांश नेताहरु केपी ओलीको पक्षमा लागेका छन् । यसअघि बेल्डाडीमा एमालेका बेलडांडी गाउंकमिटी अध्यक्ष लक्ष्मण भाट तटस्थ बसेका थिए ।
तर, अहिले भाटसहित अधिकांश नेता कार्यकर्ताहरु पुरै संस्थापन पक्षमा फर्केका छन् । एमालेका गाउं कमिटी इन्चार्ज अक्कल विष्ट पनि एमालेको संस्थापन पक्षमै फर्केका छन् । उनि केही समयअघि माधव कुमार नेपाल पक्षमा खुलेका थिए ।
बेल्डाडीमा गाउंपालिका अध्यक्ष धनबहादुर थापा,उपाध्यक्ष कमला कार्की र सम्पूर्ण वडा अध्यक्षहरु पनि संस्थापन पक्षमै छन् ।
त्यसैगरी माओवादी केन्द्रका अधिकांश नेताहरु पनि एमालेको संस्थापन पक्षमै लागेका छन् । माओवादी केन्द्रका नेताहरु रोशन खड्का, राधाकृष्ण जोशी, विष्णु उपाध्याय र प्रकाश खत्रीलगायत नेताहरु पार्टी विभाजन भएपछि पनि एमालेमै सक्रिय छन् । खड्कालाई एमालेले केन्द्रीय प्रचार विभागको सदस्य मनोनित गरिसकेको छ ।
त्यसैगरी यसअघि नेकपा हुंदा गाउं कमिटीका सचीव रहेका मोहन वडु समेत एमाले प्रवेश गर्ने तयारीमा छन् । उनि अहिले माओवादी केन्द्रमा समेत सक्रिय नभएको बताइएको छ ।
कंचनपुरको क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी नेतृ विना मगरले चुनाव जितेकी थिईन । तर, पछिल्लो समय सबैभन्दा कमजोर मगरकै क्षेत्र भएको छ । नेकपा हुंदा माओवादी केन्द्रबाट अध्यक्ष रहेका यसै क्षेत्रका विरबहादुर थापा हाल एमालेको जिल्ला अध्यक्ष छन् ।
त्यसैगरी जिल्ला सचिवालयका सदस्य समेत रहेका प्रदेशको निर्वाचन क्षेत्रका सचिव राधाकृष्ण जोशी पनि एमालेमै लागेका छन् । थापा कंचनपुरमै राम्रो जनमत भएका नेताका रुपमा चिनिन्छन् । उनिहरु सवै केन्द्रमा लेखराज भट्ट एमालेमा लागेपछि उनिसंगै एमालेमा सक्रिय भएका हुन ।
नेकपा एमालेको बेलडांडी गाउं कमिटिको सिङ्गो संस्थापन पक्षमै रहेको बेलडांडी गाउं कमिटि सचिवालय सदस्य शंकर भट्टले जानकारी दिए । उनले नेकपा एमाले केन्द्रमा फुटेपनि त्यसको प्रभाव भने बेलडांडीमा नपरेको दावी गरे ।
पछिल्लो समयमा केन्द्रको राजनिति हेरेर बसेकाहरु अहिले संस्थापन पक्षमा खुलेर संगठन विस्तारमा लागेको उनले बताए । बेलडांडीमा आज देखि एमालेको वडा भेलाहरु समेत शुरु भएको छ ।




प्रतिक्रिया