काठमाण्डु- काठमाण्डुं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउन तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक मंगलबार बस्दैछ । निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गर्न आज तीन जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।
साथै उनका अनुसार आजको बैठकले निषेधाज्ञाको मोडालिटी पनि तय गर्नेछ । हालको जारी निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ ।




प्रतिक्रिया