एमाले अध्यक्ष ओलीको प्रश्न : माधव नेपालसँग जति सांसद छन् त्यति भए पुग्ने कानुन किन नबनाएको ?

एमाले अध्यक्ष ओलीको प्रश्न : माधव नेपालसँग जति सांसद छन् त्यति भए पुग्ने कानुन किन नबनाएको ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले अध्यादेश ल्याउँदाको अवस्था र अहिलेको सरकारले ल्याएको अध्यादेशमा धेरै फरक रहेको दाबी गरेका छन् ।

बालकुमारीस्थित तुलसीलाल स्मृति प्रतिस्ठानमा पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले अध्यादेश ल्याउदा विरोध गर्ने तर देउवा नेतृत्वको सरकारले ल्याउँदा सहि हुने ? भन्दै प्रश्न गरे । उनले माधवकुमार नेपालसँग जति सांसद छन्, त्यतिमै पार्टी फुटाउन मिल्ने गरी भनेर लेखेको भए अझै सहज हुने भन्दै व्यंग्य गरे ।

‘अध्यादेश जारी गर्नु आफैँमा असंवैधानिक होइन । देश र जनताका लागि हुनुपर्छ । अध्यादेश ल्याउन विधि चाहिन्छ । एउटा व्यक्ति वा समूहका लागि होइन,’ उनले व्यंग्य गर्दै भने, ‘माधवजीसँग जति जना सांसद छन् त्यति भए पुग्छ भनेर कानुनमा लेख्या भए हुने । कि अलमलिनुभयो ! माधव नेपालजीले विभाजन गरिसकेपछि यो स्वतः रद्द हुने लेखे पनि हुने । यसर्थ पहिलेको र अहिलेको मनसाय, नियत हरेक कुरामा भिन्नता छ ।’