आइतबार नेप्से परिसूचक ४९ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ४९ अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सेयर बजार नेप्से परिसूचक आइतबार ओरालो लागेको छ । आज नेप्से ४९.१८ अंकले ओरालो लागेर ३ हजार ४५.२० विन्दुमा कायम भएको छ । आज १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ मा २ सय २७ कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३ सय १३ कित्ता सेयर खरिद बिक्री भएको छ ।

आज फाइनान्सबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बैंकिङ समूहको शेयर ३० अङ्कले ओरालो लागेको छ । यस्तै विकास बैंक समूहको ५३, व्यापारको ६२, होटलको ३१ र माइक्रोफाइनान्स समूहको शेयर एक सय १५ अङ्कले ओरालो लागेको छ ।

यस्तै जलविद्युत् समूहको शेयर ८९ अङ्कले, जीवन बीमा समूहको तीन सय चार अङ्कले, निर्जीवन बीमाको दुई सय ५३, उत्पादनको ३८, अन्यको ३६ र लगानी समूहको शेयर दुई अङ्कले ओरालो लागेको छ । आज रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशले ओरालो लागेर नकारात्मक सर्किट लागेको छ ।