काठमाण्डु- नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । मंगलबार सुनको मूल्य प्रति तोलामा ४०० ले ओरालो लागेर ९१ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तेजाबी सुनको मूल्य ९० हजार ७०० कायम भएको छ । यता चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदीको मूल्य प्रति तोलामा पाँचले ओरालो लागेर एक हजार २०५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया