काठमाण्डु- शेयर बजार नेप्से परिसूचक मङ्गलवार ओरालो लागेको छ । आज नेप्से परिसूचक ६९.०५ अङ्कले ओरालो लागेर २९७५.८४ विन्दुमा झरेको छ । आज बैंकिङ समूहको शेयर २३ अङ्कले, विकास बैंक समूहको दुई सय पाँच अङ्कले, व्यापारको एक सय ६ अङ्कले, होटलको ४६ अङ्कले र जलविद्युत् समूहको शेयर एक सय २४ अङ्कले ओरालो लागेको छ ।
यस्तै फाइनान्सको एक सय एक अङ्कले, माइक्रोफाइनान्सको एक सय ६४ अङ्कले, बीमा समूहको चार सय ४७ अङ्कले, निर्जीवन बीमा समूहको तीन सय ७२ अङ्कले, उत्पादनको एक सय ९८ अङ्कले र अन्य समूहको शेयर ६२ अङ्कले ओरालो लागेको छ । आज दुई सय २७ कम्पनीका दुई करोड ३१ लाख कित्ता शेयर १३ अर्ब २५ करोड किनबेच भएका छन् ।




प्रतिक्रिया