सिजी नेटले ल्यायो महिलाहरुका लागि तीजको अफर

सिजी नेटले ल्यायो महिलाहरुका लागि तीजको अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हालै मात्र नेपाली बजारमा भित्रिएको अहिलेसम्म कै सबै भन्दा छिटो र सबै भन्दा सस्तो इन्टरनेट सेवा रहेको सिजीले महिलाहरूको लागि लक्षित गर्दै तीजको अफर सार्वजनिक गरेको छ ।

उक्त अफर भाद्र १६ देखि भाद्र ३० सम्म चल्ने सिजीले जनाएको छ । विशेष गरी महिला ग्राहकहरूको लागि लक्षित गरी ल्याइएको अफरमा ६ महिना वा १२ महिनाको इन्टरनेट प्लान सस्क्राइब गर्नु पर्ने हुन्छ । यसमा संस्क्राइब गरिएको प्लान महिलाको नाममा हुनु पर्ने हुन्छ ।

उक्त अफर सस्क्राइब गरेवापत लक्की ड्रबाट दैनिक रूपमा २ वटा घराएसी सामाग्री पुरस्कार प्राप्त गर्न सक्ने छन् भने अफरको अन्तिम दिन एक जाना लाई बम्पर लक्की ड्र साथै ९ जाना लाई थप पुरस्कार प्रदान गरिनेछ । उक्त अफर सिजी नेटको कभरेज भएको स्थानहरूमा मात्र उपलब्ध हुने छ ।

सिजी नेटले आफ्नो विस्तार जावलाखेल, कुपण्डोल, कुलेश्वर, कालीमाटी, सतुंगल, बल्खु, छाउनी, कलंकीमा गरी सकेको छ । अब थप स्थानहरू पनि चाँडै नै विस्तार गर्ने कम्पनीले जनाएको छ । चौधरी ग्रुप अन्तरगत सिजी नेटको कभरेजले सिजी नेटको सेवा प्रधान गर्दै आइरहेको छ ।