काठमाण्डु – अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान अव नेपाली बजारमा पाईने भएको छ ।
नेपालका लागि आधिकारिक बिक्रेता रिसिक टेडिङ कन्सर्न प्रालिले बिश्व बजारमा आफुलाई स्थापित गर्न इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामानहरु पहिलोपटक नेपाली बजारमा ल्याएको हो ।
उक्त कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो रहेको छ । यस कम्पनीले हरेक परिवारका लागि आवश्यक पर्ने इलोक्ट्रोनिक्सका सामानहरु उत्पादन गदै बिश्व बजारमा उपलब्ध गराउदै आएको छ ।
नेपाली सिने जगतकी चर्चित नायिका करिस्मा मानन्धरले यस ब्राण्डलाई नेपालमा आधिकारिक रुपमा भित्र्याएकी हुन् । रिसिक टेडिङ कन्सर्नकी म्यानेजिड डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलोक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले यो ब्राण्डलाई नै रोज्नेमा आफु बिश्वस्त रहेको बताइन् ।
२५ बर्ष अघिबाट यस ब्राण्डका सामानहरु बिश्व बजारमा आएपनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा नेपाल भित्रिएको हो ।
८ बर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्वर एक ब्राण्डको रुपमा स्थापित भएको थियो । क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउं नरहेको इन्टेक्स ब्राण्डका अन्तराष्ट्रिय ब्यापार प्रमुख बिश्वास अग्रवालले बताए ।
इन्टेक्स ब्राण्डका सामानको एक देखि १० बर्षसम्म वारेन्टी रहेको अग्रवालले जानकारी दिए । नेपालमा आधिकारिक रुपमा भित्रिएको उक्त ब्राण्डलाई नम्वर १ बनाउने प्रयासमा आफुहरु रहेको उनले जानकारी दिए । देशभर नै उक्त कम्पनीले सर्भिस सेन्टरहरुको स्थापना गरिसकेको छ ।
इन्टेक्स ब्राण्डका कन्टि म्यानेजर बिनय जोशीले बेस्ट क्वालिटीका गुणस्तरीय सामान उपभोक्तालाई दिनु नै आफुहरुको उदेश्य भएको बताए ।




प्रतिक्रिया