कोरोना महामारीका बेला यी तिन अन्तर्राष्ट्रिय हवाई कम्पनीले यात्रु ठगे 

कोरोना महामारीका बेला यी तिन अन्तर्राष्ट्रिय हवाई कम्पनीले यात्रु ठगे 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोरोना सङ्क्रमणका कारण गत वर्ष सरकारले लागू गरेको लकडाउनमा चार्टर उडानको नाममा तीन अन्तर्राष्ट्रिय ठूला हवाई कम्पनीबाट यात्रु ठगिएको पाइएको छ । बढी भाडा लिइएको भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा परेका अधिकतम २५ वटा मुद्दामध्ये तीन कम्पनीले १३ वटा हवाई टिकटमा बढी भाडा लिएको पाइएको हो । 

कोरोना संक्रमण महामारीका बेला यात्रुलाई ठगी गर्ने अर्थात बढी भाडा लिनेमा एक नेपाली हवाई कम्पनी ‘हिमालयन एयरलाइन्स’ सहित दुईवटा प्रसिद्ध अन्तर्राष्ट्रिय हवाई कम्पनी ‘कतार एयरवेज र टर्किस एयरलाइन्स रहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार कुल २५ वटा मुद्दाहरूमध्ये, अधिकतम १६ वटा मुद्दा कतार एयरवेज विरुद्ध परेकोमा ९ वटा टिकटमा एयरवेजले तोकिएको भन्दा बढी भाडा लिइएको र बाँकी ९ वटा मुद्दामा हिमालय एयरलाइन्स र टर्किस एयरलाइन्सले समान २-२ वटा टिकटमा बढी भाडा असुल गरेको पाइएको हो ।

गत असार ७ गते प्राधिकरणले कोरोना महामारीको समयमा चार्टर लगायत अन्य अन्तर्राष्ट्रिय उडानमा महँगो भाडा लिएको सम्बन्धमा प्राधिकरणमा परेको कुल २५ वटा मुद्दामाथि छानविन गर्न एक छानविन समिति गठन गरेको थियो । सोही समितिले अध्याय पश्चात निर्माण गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।