पूर्वउपराष्ट्रपतिको नेतृत्वमा तालिबानलाई टक्कर दिँदै पञ्जशीर

पूर्वउपराष्ट्रपतिको नेतृत्वमा तालिबानलाई टक्कर दिँदै पञ्जशीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले अफगानिस्तानका जनताको अधिकारको रक्षा गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वउपराष्ट्रपति सालेहले पञ्जशीरबाट तालिबानको प्रतिरोध जारी रहने बताउँदै अफगानिस्तानलाई तालिबानबाट बचाउने बताएका हुन् ।

‘हाम्रो प्रतिरोध सबै अफगान नागरिकहरुको अधिकारको रक्षा गर्नु हो । विपक्षीहरु पञ्जशीरमा छन्, तर उनीहरु पञ्जशीरको लागी मात्र विरोध गर्दैनन् । आज यो उपत्यका सारा देश होस्टिङ्ग छ । सबै अफगान जनताको लागी जो दमन, बदला, राग, जनताको सम्पत्तिमा अतिक्रमण र तपाईको खराब सोचबाट बच्न चाहन्छन्,’ उनले भनेका छन्, ‘यदि यो देशले तपाईलाई थोरै भरोसा गर्दछ । जो सबै कुरा त्याग्न चाहन्छन् तर तपाईको नियन्त्रणमा हुन चाहँदैनन् ।’

पञ्जशीरमा मोर्चाबन्दी

अफगानिस्तानका पदच्युत प्रथम उपराष्ट्रपति अमरुल्लाह सालेह अझै पञ्जशीरमा छन् । उनले तालिबानविरुद्धमा आवाज उठाइरहेका छन् ।

उनले आफूलाई कार्यवाहक राष्ट्रपति घोषित गरी तालिबानसँग वार्ता नगर्ने बताएका छन् । तालिबान विरोधी हजारौं लडाकुहरु अझै पनि पञ्जशीरमा मोर्चा कसेर बसेका छन् ।

पूर्व जिहादी कमाण्डर अहमद शाह मसूदका छोरा अहमद मसूद पञ्जशीरमा छन् । हजारौं मानिसहरु उनको सामू उपस्थित छन् ।

पञ्जशीर उपत्यका काबुलबाट ५० किलोमिटर टाढा छ । त्यहाँ पुग्न बाटो धेरै साँघुरो छ ।

पञ्जशीरको अफगानिस्तानमा प्रतीकात्मक महत्व छ किनकि त्यहाँका जनताले विगतका धेरै दशकहरुमा आक्रमणकारीहरुसंग लडेका छन् ।

तालिबानको अपील

तालिबानले अफगानिस्तानमा आफ्ना प्रतिद्वन्द्वीहरुको एकमात्र गढ पञ्जशीर उपत्यकाका लडाकुहरुलाई हतियार बिसाउन आग्रह गरेको छ ।तालिबानका एक वरिष्ठ नेता आमिर खान मुत्ताकीले बुधबार पञ्जशीरका जनतालाई आफ्ना विपक्षीहरुलाई लडाई बन्द गर्न आग्रह गरेका हुन् ।

एक अडियो सन्देशमा मुत्ताकीले भनेका छन्, ‘देशमा कहीं पनि कुनै लडाई छैन र मानिसहरु शान्त छन् । पञ्जशीरको जनतालाई अब सह्य छैन ।’