संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने/नबस्ने आज सुनुवाई हुँदै

संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने/नबस्ने आज सुनुवाई हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने/नबस्ने विवादसम्बन्धी रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ ।

प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने संवैधानिक दायित्व भएकाले प्रधानन्यायाधीशकै नेतृत्वमा संवैधानिक इजलास गठन गर्न माग गरिएको र आफ्नो मुद्दा आफैले हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्त बमोजिम प्रधानन्यायाधीश बाहेकको इजलासको गठन माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

अधिवक्ता गणेश रेग्मीले प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने भन्दै रिट दायर गरेका थिए अधिवक्ता दीपकविक्रम मिश्रले प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वार्थ जोडिएको मुद्दा हेर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए ।