दराजले ल्यायो अनलाइन शपिंगमा नयाँ क्रान्ति, किन्नु अघि प्रत्यक्ष प्रशारण हेर्न मिल्ने

दराजले ल्यायो अनलाइन शपिंगमा नयाँ क्रान्ति, किन्नु अघि प्रत्यक्ष प्रशारण हेर्न मिल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अनलाइन बजार दराजले शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ भदौ १६ गतेदेखि सुरु भएको घोषणा गरेको छ ।

दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ, दराजको ‘शपरटेनमेन्ट’ रणनीतिको एक भागको रूपमा पेस गरिएको दराजले जनाएको छ ।

ग्राहकहरूको लागि पारस्परिक, वास्तविक अनुभव दिलाउनको लागि खुद्रा बिक्री र मनोरञ्जनको समिश्रणमा ध्यानकेन्द्रित र ग्राहकहरू घरै बसी ब्रान्ड, उत्पादनहरूको विस्तृत जानकारी पाउन सक्ने कम्पनीले जनाएको छ ।

दराज लाइभ स्ट्रिम दराज मोबाइल एपको माध्यमबाट हरेक सोमबारदेखि शुक्रबारसम्म मध्याह्न १२ बजे, अपराह्न ४ बजे र साँझ ६ बजे दराज एपमार्फत लाइभ हेर्न सकिनेछ ।